आइकम नेपाल
तेस्रो बार्षिक साधारण सभा
आइकम नेपालको तेस्रो बार्षिक साधारणसभा मिति २०७६ पुस २५ गते, शुक्रबार ललितपुरस्थित ज्यापु प्रतिष्ठानमा सम्पन्न भएको छ । उक्त सभाको प्रमुख अतिथिमा युनेस्को नेपालका प्रतिनिधि श्री क्रिश्चियन म्यानहर्ट हुनुहुन्थ्यो । सभाको उद्घाटन गर्नु हुदै श्री म्यानहर्टले आप्mनो मन्तव्य दिनु भएको थियो । उहाँले नेपालमा संग्रहालयको सम्भावना प्रशस्त रहेको र आइकम नेपाल जस्तो मान्यता प्राप्त संस्थाबाट सो सम्भावनालाई अधिकत्तम प्रयोग गर्न सहयोग पुग्ने कुरा बताउनु भएको थियो । नेपालमा प्रशस्तै सम्भावना बोकेका बस्तु तथा सम्पदाहरु रहेका छन्, जुन संग्रहालयको व्यापक विस्तार गरेर विश्वसामु ल्याउन सकिन्छ, म्यानहर्टले भन्नु भएको थियो । कार्यक्रममा आइकम नेपालका अध्यक्ष श्री बिजय कुमार शाहीबाट गत आर्थिक वर्षको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो । यसै क्रममा उहाँले आइकम नेपालको माध्यमबाट नेपाललाई विश्वसामु चिनाउनमा धेरै मद्दत पुगेको कुरा बताउनु भएको थियो । साथै उहाँले संस्थाका सदस्यहरु एक अर्कामा कपोलकल्पित आरोप–प्रत्यारोपमा उत्रनु भन्दा आपसमा हातेमाले गरेर अगाडि बढ्नुमा नै संस्था र सबैको भलाई निहित रहेको कुरा बताउनु भएको थियो ।
यसै कार्यक्रममा आइकम नेपालका कोषाध्यक्ष श्री सुरेश लाखेले लेखा परीक्षकद्धारा प्रस्तुत गत वर्षको आय–व्ययको विवरण सभा समक्ष राख्नु भएको थियो । साथै उहाँले आगामी आर्थिक वर्ष २०७६–७७ को प्रस्तावित आय–व्ययको विवरण पनि सभा समक्ष प्रस्तुत गर्नु भएको थियो ।
उक्त साधारण सभामा निर्वाचन अधिकृत श्री सुदिप पण्डितले निर्वाचनको क्रममा निम्न ७ जना आइकम नेपालका सदस्यहरु निर्विरोध आइकम नेपालको संचालक समितिमा निर्वाचित भएको व्यहोरा जानकारी दिनु भएको थियो ।
(क) श्री रमेश प्रसाद दवाडी : लिभिङ्ग ट्रेडिसन्स म्युजियम
(ख) श्री सन्तमान महर्जन : ज्यापु समाज यल ।
(ग) श्री सुरेशमान लाखे : पाटन संग्रहालय विकास समिति ।
(घ) श्री वीरेन्द्र महतो : थारु सांस्कृति संग्रहालय तथा अनुसन्धान केन्द्र ।
(ङ) श्रीमती स्वस्ती राजभण्डारी कायस्थ : लुम्बिनी बुद्धिष्ट विश्वविद्यालय ।
(च) प्रा.डा. धन बहादुर कुँवर : नेपाल राष्ट्रिय जातिय संग्रहालय ।
(छ) श्री खड्ग बहादुर थापा : नेपाल राष्ट्रिय जातिय संग्रहालय ।
कार्यक्रमको अन्तमा आइकम नेपालका अध्यक्ष श्री बिजय कुमार शाहीबाट प्रमुख अतिथि लगायत उपस्थित सबै सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्नु हुदै तेस्रो बार्षिक साधारण सभा समाप्त भएको घोषणा गर्नु भएको थियो ।
आइकम नेपाल, काठमाडौं
पदाधिकारीहरु निर्वाचित भएको सम्बन्धमा
मिति २०७६ साल पुस २५ गते, शुक्रबार आयोजित आइकम नेपालका तेस्रो बार्षिक साधारण सभा पश्चात सोही दिन ज्यापु प्रतिष्ठान, ललितपुरमा बसेको संचालक समितिको बैठकले आइकम नेपालको नवनिर्वाचित संचालकहरु मध्येबाट निम्न बमोजिम पदाधिकारीहरु निर्वाचित गरेको छ ।
१. श्री सुरेश मान लाखे अध्यक्ष
२. प्रा.डा. धन बहादुर कुँवर उपाध्यक्ष
३. श्री रमेश प्रसाद दवाडी सचिव
४. श्री खडग बहादुर थापा कोषाध्यक्ष
पुनश्च
माथि उल्लेखित पदाधिकारी तथा संचालकहरुको समेत कार्यकाल पदभार ग्रहण गरेको मितिले ३ (तीन) वर्षको हुनेछ ।