International Council of Museums Nepal
(ICOM Nepal)


logo
ICOM Nepal
ICOM Nepal : IMD 2019 Report

आइकम नेपाल


अन्तर्राष्ट्रिय संग्राहलय दिवसको उपलक्ष्यमा आयोजना गरिेएको कार्यक्रम


अन्तर्राष्ट्रिय संग्राहलय परिषद, (International Council of Museum- ICOM Paris) पेरिसले सन् १९७७ बाट प्रत्येक वर्षमे १८ का दिन अन्तर्राष्ट्रिय संग्राहलय दिवस (International Museum Day-IMD) मनाउदै आईरहेका छन् । साथै Icom पेरिसको आहवानमा विश्वभरका संग्राहलय विज्ञ तथा संग्राहलयसम्बन्धी संघ-संस्थाहरुले यसै दिन विविध कार्यक्रमहरुको आयोजना गरी यो दिवस मनाउदछन्। गत वर्ष १५८ राष्ट्रका ३७,००० संग्राहलयहरु सरिक भई यो दिवस मनाएका थिए ।


यसै सर्न्दर्भमा आइकम नेपाल (International Council of Museum- Nepal Chapter) ले पनि यसै दिवसको उपलक्षमा एक सानो गोष्ठीको आयोजना गरेको छ । यस कार्यक्रममा आइकम नेपालका सदस्य र संग्राहलयमा कार्यरत रहेका तीन जना व्यक्तित्वले आ-आफ्नो कार्यपत्र प्रस्तुत गर्नेछन् । हालसम्म पनि नेपालमा ठोस संग्राहलय नीति र कानुन नभएको हुंदा प्रस्तुत गरिने सो कार्यपत्रहरु संग्राहलय नीति र कानुनको सम्बन्धमा सरोकार राख्ने छन् । कार्यपत्र प्रस्तुत भए पश्चात उपस्थित महानुभाव र संग्राहलय विज्ञहरु र कार्यपत्र प्रस्तुतकर्तावीच अन्तरक्रिया गरिनेछ । यसैका आधारमा संग्राहलय सम्बन्धी एउटा नीति तथा कानुन सम्बन्धमा एउटा निचोड तयार गरिनेछ । जुन निचोडलाई आगामी नोभेम्बर २०१९ मा आइकम नेपाल र आइकम पेरिस को अन्तर्राष्ट्रिय क्षेत्रिय संग्राहलय समिति मिलेर काठमाडौंमा आयोजना गरिने कार्यशालामा प्रस्तुत गरिने लक्ष्य रहेको छ । उक्त कार्यशालाको विषय-वस्तु पनि संग्राहलय नीति र कानुन रहेको छ ।


आइकम नेपालले अन्तर्राष्ट्रिय संग्राहलय दिवसको उपलक्षयमा आयोजना गर्न लागेको गोष्ठीको कार्यक्रमको रुपरेखा तल प्रस्तुत गरिएको छ । यस वर्षो अन्तर्राष्ट्रिय संग्राहलय दिवसको नारा Museum as Cultural Hubs the Future of Tradition रहेको छ । कार्यक्रमको यस प्रकार रहेको छः

  • (क) मिति: २०७६ जेठ ३ गते शुक्रवार, (१३ मे २०१९) ।

  • (ख) समयः ११ बजे विहान ।

  • (ग) स्थानः नेपाल पर्यटन वोर्डको सभा कक्ष ।

  • (घ) कार्यक्रम

    • · डा. धर्मराज डंगोल- पूर्व प्रमुख, प्राकृतिक विज्ञान संग्राहलय स्वयम्भू -कार्यपत्र प्रस्तुत गर्ने) ।
    • · रमेश दवाडी- अध्यक्ष, जनजाति संग्राहलय, चांगुनारायण भक्तपुर -कार्यपत्र प्रस्तुत गर्ने) ।
    • · श्री नवराज अधिकारी - प्रमुख, प्रादेशिक संग्राहलय गोरखा -कार्यपत्र प्रस्तुत गर्ने) ।
    • · अन्य ४ जना वक्तहरुबाट मन्तव्यको कार्यक्रम रहेको छ ।
  • (ङ) प्रमुख अतिथि - नेपाल प्रज्ञा प्रतिष्ठानका उप-कुलपति श्री जगमान गुरुङ्ग हुनुहुन्छ ।

  • (च) उपस्थिति - नेपाल सरकार अर्न्तर्गतका संग्राहलय र अन्य संग्राहलयमा कार्यरत व्यक्तित्वहरु करिव – ५० जना

  • (छ) आयोजक - आइकम नेपाल र नेपाल राष्ट्रिय संस्कृति संग्राहलय ।